काठमाडौं– सरकारले कारागारमा रहेकोलाई अब उत्पादनमा लगाइने नीति लिएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कारागारमा रहेको जनशक्तिलाई उत्पादनमा लगाउने बताएका हुन्।
त्यस्तै अध्यागमन सेवा अन्तराष्ट्रियस्तरको बनाइने बताइएको छ।
नेपाल आउने विदेशीहरुको बायोमेट्रिक अभिलेख विकास गरिने र २ वर्षभित्र सबै राष्ट्रिय परिचय पत्रको व्यवस्था गरिने पनि बताइएको छ।
राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाइने बताइएको छ। नेपाली सेनकाो क्षमता विकास गरिने र बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिइएको अथृमन्त्री शर्माले बताए।
कारागारको भवन निर्माण तथा मर्मत सम्भारका लागि सरकारले ३७ करोड रुपैयाँ बिनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।