काठमाडौं- सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेको छ।
आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन्।
उनले आगामी वर्षभित्र भने २० लाख नागरिकलाई परिचय पत्र उपलब्ध गराउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।