काठमाडौं- सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार प्रदेशतर्फ सरकारले ६ अर्ब ३५ करोड र स्थानीय तहतर्फ ५ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।