काठमाडौं- सरकारले आउँदो वर्षदेखि खाना पकाउने एलपी ग्यासमा दिँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ।
आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसको घोषणा गरेका हुन्।
आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले ग्यासको खपत कम गरी विद्युत् प्रयोगलाई प्रोत्साहन गरिने नीति लिइने बताए।
सिंहदरबारभित्र ग्यासको प्रयोग हटाइने र अनिवार्य रुपमा विद्युत्तिय प्रयोग गराइने अर्थमन्त्री शर्माले घोषणा गरेका छन्। ग्यासको मूल्य वढ्दै गएको र नेपाल आयल निमगपनि घाटा वृद्धि भएकाले प्रयोगलाई निरुत्साहन गर्न यस्तो कार्यक्रम सरकारले ल्याउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।