काठमाडौं- सरकारले काठमाडौंका चार भञ्ज्याङमा चार सुरुङमार्ग अन्तर्गत थप सुरुङ मार्गको अध्ययन गर्ने भएको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्गको अध्ययन गर्ने जनाएका हुन्।
सरकारले नागढुंगा सुरुङ आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषण गरेको छ। त्यसका लागि ५ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।
यस्तै, अन्य तीन भञ्ज्याङमा पनि सुरुङमार्ग निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। त्यसका लागि सरकारले एक अर्ब बढी बजेट विनियोजन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।