काठमाडौं– सरकारले आगामी साउन महिनाभित्रै सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापित गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको बजेट भाषणमा सो विषय उल्लेख छ।
संघीय संसद्को सयुक्त बैठकमा वाचन भइरहेको बजेट वक्तव्यका क्रममा शर्माले भने, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाएको छु।’
त्यस्तै, आगामी तीन महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र निवासहरुलाई ग्यास सिलिन्डर मुक्त गराइ क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने उनले बताए। ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।