काठमाडौं– सरकारले' नेपालको पानी जनताको लगानी' कार्यक्रम सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट भाषणमार्फत् यस्तो कार्यक्रमको घोषणा गरेका हुन्। जलाशयुक्त आयोजना निर्माणका लागि स्रोत खोजिने बजेट भाषणमा उल्लेख छ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आम्दानी पनि यस्ता कार्यक्रममा उपयोग गरिने बजेटमा उल्लेख छ। उर्जाको विकास गर्न जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजना छनौट गरेर लगानी गरिने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।