काठमाडौं- सरकारले चितवनको कठारमा रिफ्रेसिङ सेन्टर निर्माण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चितवनको कठारमा स्थानीय तह र प्रदेश सरकारसंगको समन्वयमा रिफ्रेसिङ सेन्टर निर्माण गर्ने बताएका हुन्।
यस्तै, सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ।
यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको रंगशाला आर्थिक अभाव हुँदा सरकारले स्वामित्व लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।