काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारले निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको लागि ९ अर्ब ३३ करोड र निर्माणाधीन हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
आगामी वर्षको बजेटमा मध्यपहाडी पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड विनियोजन गरिएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गले २६ जिल्लालाई सडक सञ्जालमा आबद्ध गर्ने र यसको २३५ किलोमिटर कालोपत्रे र १६ पुल निर्माण गर्न सो बजेट विनियोजन गरिएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले भने, ‘मध्यपाहाडका २६ जिल्लालाई सडक सञ्जालमा आवद्ध गर्न निर्माणधिक पुष्पलाल मध्यपहाडी राजमार्गको २३५ किलोमिटर कालोपत्रे र १६ पुल निर्माण गर्न ९ अर्ब ३३ करोड विनियोजन गरेको छु।’
त्यस्तै, निर्माणाधीन हुलाकी राजमार्गको ३०० किमि कालोपत्रे र २४ पुलको निर्माण सम्पन्न गर्न र थप ६७ पुलको निर्माण सुरु गर्न ६ अर्ब ७ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको शर्माले बताए। उनले भने, ‘निर्माणधिक हुलाकी राजमार्गको ३०० किमि कालोपत्रे र २४ पुलको निर्माण सम्पन्न र ६७ पुल निर्माण गरिनेछ। हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड विनियोजन गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।