काठमाडौं- प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तरका विद्यार्थीले ९० दिने स्थानीय तहमा स्वयंसेवा गर्नुपर्ने भएको छ।
सरकारले स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासका लागि उनीहरुलाई स्वयंसेवा गराउने व्यवस्था गर्न विश्वविद्यालयलाई बजेटमार्फत् निर्देशन दिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको बजेटमा भनिएको छ, ‘प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर तहमा अध्ययन गर्नेलाई स्थानीय तहमा योजना निर्माण र ग्रामिण विकासमा योगदान गर्नेगरी न्युनतम ९० दिन स्वयंसेवामा लगाउन आवश्यक व्यवस्था विश्वविद्यालयले गर्नुपर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।