काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/२०८० मा काठमाडौं उपत्यकामा ‘प्लानेटोरियम पार्क’ निर्माण गर्ने आइतबार प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।
अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा काठमाडौं उपत्यकामा प्लानेटोरियम पार्क निर्माण गरिने उल्लेख गरिएको छ।
खगोल शास्त्र सम्बन्धी ज्ञान आर्जन तथा मनोरञ्जनात्मक उदेश्यका लागि यो पार्कको निर्माण गर्न लागिएको शर्माले बताएका छन्।
बजेटमा उल्लेख छ– खगोल शास्त्र सम्बन्धी ज्ञान तथा मनोरञ्जनका लागि सरकारी तथा सामृदायिक जग्गा एकीकृत गरि काठमाडौं महानगरपालकिाको सहकार्यमा बहुउपयोगी प्लानेटोरियम पार्क निर्माण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।