काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/२०८० मा ६८ वर्ष माथिका लाई बृद्धभत्ता प्रदान गर्ने भएको छ। आइतबार सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अबदेखि ६८ वर्षमाथिका लागि सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताएका हुन्।
हाल ७० वर्षमाथिका लाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिदैं आएको छ। यसको दायरा बढाउँदै सरकारले अबदेखि ६८ वर्षमाथिलाई बृद्धभत्ता प्रदान गर्ने भएको शर्माले बताएका हुन्।
सामाजिक सुरक्षा भत्ता लिन नचाहनेले स्वभोषणा गरेमा सरकारले उसलाई सम्मान गर्ने पनि शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।