काठमाडौं– भारतीय फिल्म क्षेत्रमा चाहे कर्मसियल होस वा कलात्मक, जस्तोसुकै भूमिकामा पनि फिट हुन सक्ने अभिनेता हुन रणदीप हुड्डा। ‘सर्विजित’, ‘हाइवे’, ‘रंग रसिया’लगायतका फिल्ममा उनले गरेको अभिनय उत्कृष्ट छ।
यीनै भर्सटायल अभिनेता रणदीपको नयाँ फिल्म ‘स्वतन्त्र वीर सावरकर’को फस्ट लुक्स सार्वजनिक भएको छ। फिल्म निर्माणको घोषणा गर्दै निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो।
शनिबार भारतको स्वतन्त्रताका लागि लडेका नेता वीर सावरकरको जन्मदिनको अवसरमा फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। आगामी अगस्ट बाट सुरु हुने फिल्मको छायांकनका लागि रणवीरले तयारी सुरु गरेको बताइएको छ।
पोस्टरमा सावरकरको भूमिकामा रणवीरलाई देख्न सकिन्छ। शिरमा कालो टोपी लगाएर कोटमा सजिएका रणवीरको भिन्न अवतार फिल्मको पोस्टरमा प्रस्तुत छ।
यो फिल्मको छायांकनका लागि अभिनेता रणवीरले २ महिनामा २२ किलो वजन कम गर्ने तयारी रहेको फिल्मका लगानीकर्ता सन्दीप सिंहले बताएका छन्।
फिल्ममा वीर सावरकरको भूमिकामा देखिने भएकाले शारीरिक रूपमा पनि सोही रुपमा देखिन आवश्यक भएकाले उनले अझै १२ किलो वजन कम गर्नु पर्ने रहेको बताइएको छ। हालसम्म उनले १० किलो वजन कम गरिसकेका छन्।
अगस्टबाट फिल्म छायांकन सुरु गरेर ३ महिनामा फिल्मको सम्पूर्ण काम समाप्त गर्ने तयारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।