काठमाडौं– पूर्वप्रशिक्षक बोरिस बेकरलाई जेलमा देख्दा आफूलाई नराम्रो महशुस भएको टेनिस स्टार नोभाक जोकोभिचले बताएका छन्।
बेकरलाई २०१७ मा ठगी गरेको मुद्दामा जेल सजाय सुनाइएको छ। ६ वटा ग्रान्डस्लाम उपाधि जितेका बेकरले सन् २०१४ देखि २०१७ सम्म करिब ३ वर्ष जोकोभिचलाई प्रशिक्षण दिएका थिए।
यो अवधिमा जोकोभिचले ६ वटा ठूला उपाधि जितेका थिए। जोकोभिचले बोरिससँग २०१६ मा आफ्नो करिअरको पहिलो फ्रेन्च ओपन जितेका थिए।
जोकोभिचले भने, ‘उहाँलाई यो अवस्थाबाट गुज्रिएको देख्दा मेरो हृदय टुट्यो। उहाँ सधैं म र मेरो परिवारसँग धेरै हुनुहुन्छ। हाम्रो वर्षौंदेखि धेरै राम्रो सम्बन्ध थियो र हामी सँगै छौं। म उहाँको एक छोरा नोआसँग सम्पर्कमा छु र मैले कसरी मद्दत गर्न सक्छु भनेर सोधेको छु, तर यो डरलाग्दो छ। मलाई आशा छ कि उहाँ स्वस्थ र बलियो रहनुहुन्छ।’
फरक प्रशंगमा जोकोभिचले अर्को वर्ष अस्ट्रेलियन ओपन खेल्न चाहेको पनि बताएका छन्। यो वर्षको सुरुमा उनलाई कोरोनाविरुद्धको खोप नलागेको भन्दै अस्ट्रेलियाबाट निस्काशित गरिएको थियो। तर, जनवरी २०२२ मा भएको घटनापछि जोकोभिचलाई अस्ट्रेलियाको भिसा पाउन पनि समस्या पर्न सक्छ।
डिफेन्डिङ च्याम्पियन जोकोभिच पेरिस ओपनको चौथो चरणमा प्रवेश गरेका छन्। तेस्रो राउण्डमा उनले स्लोभेनियाका अल्जाज बेड्नेलाई ६–३, ६–३, ६–२ ले हराएका थिए। उनले क्वाटरफाइनलमा १३ पटकका च्याम्पियन राफेल नाडालसँग खेल्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।