काठमाडौं- सरकारले आगामी वर्षभित्रमा थप ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य राखेको छ। सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
सरकारले २ वर्षमा सबै स्थानीय तहमा विद्युतीकरण गरिने पनि जनाएको छ। विद्युत वितरण प्रणाली सुदृढ एवं भरपर्दो बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
‘२५ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराइने छ। बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा निर्माण गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै सरकारले पश्चिम सेती ,तल्लो अरुण, सेती रिभरको निर्माण कार्य सुरु गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।