काठमाडौं– सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिन नयाँ नीति लिने जनाएको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा 'प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धी कार्यक्रम' सञ्चालन गरिने उल्लेख छ।
‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ अभियान दशक शुरु गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस्ता उद्योगका लागि कर र भन्सार छुट र निर्यात अनुदानमार्फत् राणनीति प्रवर्द्धन गरिने छ।’
प्रतिस्पर्धी सीप विकास, साझा भौतिक पूर्वाधार विकास र नविन प्रविधिमा पहुँच विस्तार गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।