प्रतिकात्मक तस्बिर काठमाडौं– सरकारले घर–जग्गा कारोबारलाई कडाइ गर्ने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा घर–जग्गामा कडाइ गरिने जनाइएको छ।
सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ। अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिएको हो।
घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो।
सरकारले नीति तथा कार्यक्रममा नापजाँच गर्न छुट भएका जग्गा धनीलाई जग्गाधनी पूर्जा उपलब्ध गराइने र देशभरका सामुदायिक र गुठी जग्गाको विद्युतीय प्रणालीमा रेकर्ड राख्ने व्यवस्था मिलाउने पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।