काठमाडौं– सरकारले नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्सान दिने भएको छ। अहिले औपाचारिक क्षेत्रभन्दा हुन्डीबाट धेरै आउने र अन्य क्षेत्रमा लगानी हुन थालेपछि सरकारले यस्तो नीति ल्याउन लागेको हो।
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जाने, तर रेमिट्यान्स नबढेको विषयलाई ध्यान दिँदै सरकारले आफ्नो नीति तथा कार्यक्रममा औपचारिक क्षेत्रबाट भित्राउन प्रोत्सान दिने व्यवस्था गरेको हो।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन प्रोत्साहन दिइने उल्लेख छ।
पछिल्लो समय रेमिट्यान्स घट्दै जाँदा देशको अर्थतन्त्रमा समेत असर परेको थियो। वैदेशिक सञ्चिती घट्नुका साथै अन्य समस्या आउन थालेपछि सरकारले आफ्नो नीति तथा कार्यक्रममा यसलाई समेटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।