काठमाडौं– सुरक्षा पन्त ‘कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा भाग लिने पहिलो नेपाली अभिनेत्री बनेकी छिन्। मे १७ बाट फ्रान्समा सुरु भएको महोत्सवमा पन्त भाग लिन पुगेकी छन्।
आफू अभिनित फिल्म ‘द ऐट माउन्टेन’ पनि महोत्सवमा प्रदर्शन हुने भएसँगै पन्त कान्समा भाग लिन नेपालबाट फ्रान्स पुगेकी हुन्।
पन्तले महोत्सवमा ‘रेड कार्पेट’मा पनि भाग लिएकी छन्। उनीसँगै फिल्मका कलाकार र निर्माण पक्षका सदस्य पनि सहभागी छन्। ‘द ऐट माउन्टेन’ जेठ ४ गते कान्समा प्रिमियर भएको थियो।
फिल्मका केही अंश नेपालको मनाङमा छायांकन गरिएको पन्त आफैंले महोत्सवमा जाने निधो भएपछि सार्वजनिक गरेकी छन्। फिल्ममा आफ्नो सानो भूमिका रहेको उनले बताएकी छन्।
कान्समा पुगेकी पन्तले विभिन्न अन्तर्राष्ट्रिय कलाकारसँग भेट पनि गरेकी छन्। उनले सामाजिक सञ्जालबाट २०२१ मा सर्वाधिक चर्चा कमाउन सफल भएको वेब सिरिज ‘स्क्वीड गेम्स’का अभिनेता लि जंग जेइसँगको तस्बिर पनि सार्वजनिक गरेकी छन्।
हेर्नुहोस् कान्समा पुगेकी सुरक्षाका तस्बिरहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।