काठमाडौं– नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आगामी बजेटमा नेपालभित्र स्वरोजगारको योजना ल्याउन माग गरेकी छन्। उनले वैदेशिक रोजगारी बढ्ने अनि रेमिट्यान्स घट्ने भइरहेका कारण यसको समाधान नेपालभित्र रोजगारी भएकाले यसतर्फ बजेटले प्राथमिकता पाउनुपर्ने बताइन्।
कृषि र स्वावलम्वन हुने क्षेत्रमा बजेट खर्च गर्नुपर्ने भुसालको भनाइ छ। उर्जाको क्षेत्रमा ठूलो सम्भावना भएको र यसका लागि उपयोग गर्न सक्नुपर्ने भुसालको भनाइ छ। भुसालले पर्यटन क्षेत्रमा लगानी गर्दा कोभिडका बेला समस्या देखिएकाले एक क्षेत्रमा मात्र भर पर्न नहुने बताइन्।
श्रीलंकाको अवस्था हेरेर पनि विविध क्षेत्रमा लागनी गरेर जानुपर्ने उनको भनाइ छ। बजेटले धेरै कुरा सिद्धान्त र प्राथमिकता उल्लेख गरेको र त्यही अनुसारको बजेट दिनुपर्ने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।