प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि पुनः काठमाडौं फर्काइएको छ।
बाँया इन्जिन फेल भएपछि फर्काएर पुनः काठमाडौंमा आकस्मिक रुपमा सुरक्षित अवतरण गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए।
‘काठमाडौंबाट उडेको केहीबेरपछि नै इन्जिन फेल भएपछि फर्काएर यहाँ सुरक्षित अवतरण गराइसकिएको छ,’उनले भने।
२२३ उडान नम्बरको उक्त जहाजमा ८७ जना यात्रुहरु सवार रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।