काठमाडौं–भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो।
बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलमा सामान्य क्षति भएको थियो। सबै पुलको मर्मत सम्पन्न भएपछि स्थानीयवासीको आवतजावत सहज बनेको छ।
पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नागरिकलाई आवतजावतमा राहत पुगेको छ। क्षतिग्रस्त पुलहरू पुनः सञ्चालनमा आउँदा प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र स्थानीय आवागमन सहज पार्न सहयोग पुगेको प्रधानमन्त्री शाहले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।