काठमाडौं– इङ्ग्लिस क्लब चेल्सीका सेन्टर ब्याक एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्। जर्मन सेन्टरब्याक रुडिगरले रियलसँग ४ वर्षको सम्झौता गरेका हुन्।
सम्झौताअनुसार रुडिगर सन् २०२६ सम्म रियलमा रहनेछ। उनले बुधबार मेडिकल गराइसकेका छन्।
उनको चेल्सीसँगको सम्झौता जुनमा सकिँदैछ। सन् २०१७ देखि चेल्सीमा रहेका २९ वर्षीय रुडिगरले हालसम्म १९९ खेल खेल्दा १२ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।