काठमाडौं– इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालाण्ड अनुबन्ध गर्ने पक्का भएको छ।
सिटीले मंगलबार आफ्नो आधिकारिक वेबसाइटमार्फत सम्झौताका लागि सैद्धान्तिक रुपमा सहमति गरेको पुष्टि गरेको हो। सिटी र हालाण्डबीच जुलाई १ मा सम्झौता हुनसक्ने जनाइएको छ।
नर्वेका २१ वर्षीय युवा स्ट्राइकर हालाण्डलाई भित्र्याउने पछिल्लो समय युरोपका शीर्ष क्लबहरु लागिपरेका थिए। यद्यपि, हालाण्डसँग व्यक्तिगत समझदारी हुन भने बाँकी रहेको सिटीले बताएको छ।
बोरुसिया डर्टमन्डबाट ८८ खेलमा ८५ गोल गरेका हालाण्ड सिटीको ९ नम्बर जर्सीका लागि सर्जियो अग्युइरोको उत्कृष्ट विकल्प हुनसक्ने छन्।
पछिल्लो समय सिटी स्ट्राइकरको खोजीमा रहेको थियो। हालाण्डको अनुबन्धले सिटीमा अग्युरोको अभावलाई पूर्ति गर्नेछ। हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।