काठमाडौं– नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेरकाे छ। अघिल्लो दिन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ।
मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेकाे छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।