• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भ्रमणकारी जिम्बावे ‘ए’सँगको अभ्यास खेल : किशोर र कुशलले छोप्दिएको लाज

64x64
दीप सुवेदी मंगलबार, वैशाख २७, २०७९  ०९:०९
1140x725

काठमाडौं- वर्षाका कारण भिजेको आउटफिल्ड, पहिलोपल्ट टेस्ट राष्ट्रसँग फाइनल सरहको खेल खेल्नुको तनाव, अनि पाएको विशाल लक्ष्य। सबैखाले चर्को दबाबबीच भ्रमणकारी जिम्बावे ‘ए’लाई तीन एकदिवसीय अभ्यास खेलको अन्तिम दिन घरेलु टोली नेपालले ६ विकेटले पराजित गर्‍यो। र, सिरिज २–१ ले आफ्नो पोल्टामा पार्न सफल भयो।

सोमबारको खेल कुनै ‘ड्राम’भन्दा रोचक थिएन। यही खेलमा सिनियर टोलीमा पहिलोपल्ट डेब्यू गरेका दायाँहाते मध्यम तीव्र गतिका बलर किशोर महतोले ५ विकेट लिए। ओपनर कुशल भुर्तेलले पनि उनलाई साथ दिँदै सुनमा सुगन्ध थप्ने काम गरे। 

महत्त्वपूर्ण खेलमा चुक्ने गरेको नेपालका लागि यी दुई खेलाडीको प्रदर्शन सानदार थियो। यीनिहरुले आफ्नो स्तरअनुसारको प्रदर्शन नगर्दिएको भए नेपाललाई घरेलु मैदानमा लाज छोप्ने कुनै बाहना मिल्ने थिएन।

किशोरको सानदार प्रदर्शन
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले तादिवानाशे मारुमनीको सानदार अर्धशतको मद्दतमा निर्धारित ३३ ओभरमा सबै विकेट गुमाएर रन २१३ बनाएको थियो।

आइतबार रातिको वर्षका कारण आउटफिल्ड भिजेपछि खेल ५० बाट ३३ ओभरमा खेल झारिएको थियो। निर्धारित समयभन्दा ३ घण्टा ढिला सुरु भएको खेलमा किशोरले महत्त्वपूर्ण ५ विकेट लिए।

ब्याटिङमैत्री पिचमा उनले ७ ओभरमा ५ विकेट लिने क्रममा १ मेडनसहित ४३ रन खर्चिए। पहिलो ब्याटिङ गरेको जिम्बावेले ओपनर इनोसेन्ट कायालाई पाँचौ ओभरमा गुमाएको थियो। किशोरले पहिलो विकेट लिने क्रममा कायालाई आसिफ शेखको हातबाट १२ रनमा आउट गरेका थिए। तर, अर्का ओपनर टाडिवान्सेले मारुमानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेको स्कोर अघि बढाए। उनले ३१ बलमा ७ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए। 

मारुमानीको क्याच दुईपल्ट छाडिएको थियो, तर उनी ठ्याक्कै अर्धशतकमै रोकिए। उनलाई १०औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलबाट क्याच गराए। त्यसपछि लगातार विकेट खसेपनि जिम्बावेको रनको गति भने रोकिएन। किशोरको बलमा आउट हुनुअघि कुद्जाई माउन्जेले ३४ बलमा ३९ रन जोडे। 

सेफास झुवाओ १८ बलमा २ छक्कासहित १६ रनमा पेभेलियन फर्किए। २३औं ओभरमा किशोरको बलमा आउट हुँदा जिम्बावे १४३–५ को स्थितिमा पुगेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कप्तान टोनी मुन्योङगाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए। उनलाई पनि किशोरले नै कुशलबाट क्याच गराउँदै पेभेलियन पठाए। लुक जोंग्वेले अन्त्यतिर १५ बलमा १९ रन जोडेपछि जिम्बावेले २ सय रनको आँकडा पार गरेको थियो।

‘प्लेयर अफ द म्याच’ भएका किशोरले खेलपछि उनले प्रतिक्रिया दिँदै भने,‘पहिलो बलका बेला म केही आत्तिएको थिएँ, त्यसपछि केही पनि भएन। तर, मैले ५ विकेट हात पार्नेछु भनेर सोचेको थिइनँ। राम्रो खेल्छु भन्ने चाहिँ लागेको थियो।’ 

कुशल र दीपेन्द्रको खुलेको ब्याटिङ
ब्याटिङभन्दा बलियो बलिङ रहेको नेपाललाई यो विशाल लक्ष्य नै थियो। यसअघि ब्याटिङ नचल्दा पहिलो खेलमा १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको नेपालले जिम्बावेसँग ३ विकेटले पराजित भोगेको थियो। तर, दोस्रो खेलमा तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी कसिलो बलिङ गरेसँगै नेपालले ९ विकेटको जित हात पारेको थियो।

टेस्ट राष्ट्रसँग दुई दिन अगाडि सानदार जित हात पारेको नेपाल सिरिज रक्षा गर्ने लक्ष्यमै थियो। तर, सोमबार जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालका लागि कुनै पहाडभन्दा कम भने थिएन। त्यसैले ३३ ओभरमा नेपालले यो लक्ष्य सहजै भेटाउन सक्ने पनि कल्पना गरिएको थिइएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले जितको आधार खडा गरिदिए। दुई रनको स्थितिमा जीवनदान पाएका भुर्तेलले ६१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए। यस्तै, मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले ४३ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए। 

शुक्रबार भएको पहिलो खेलमा जिम्बावेसँग ३ विकेटले पराजित भएपछि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ब्याटिङ बलियो बनाउन भन्दै लामो समय नेपाली राष्ट्रिय टोलीमा नपरेका ओपनर सुनिल धमलालाई प्रयोगमा ल्याएका थिए। शनिबार भएको खेलमा ३८ रन बनाउँदै नेपालको जितमा महत्त्वपूर्ण योगदान गरे। उक्त खेलमा कुशलको जोडी आसिफ शेखलाई ३ नम्बरमा राखिएको थियो।

सोमबार पनि प्रशिक्षक पुबुदुले सो कार्ड प्रयोग गर्ने योजना बनाएका थिए। तर, असम्भवजस्तै लक्ष्य पाएपछि उनी पछाडि हटे र कुशल र आसिफलाई ओपनिङमै ल्याए। जुन सफल रह्यो।

आसिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ बनाए। उनी र कुशलबीच पहिलो विकेटको लागि ७३ रनको साझेदारी भएको थियो। सुनिल १८औं ओभरमा मात्र ६ रनमा आउट भए। त्यसको ३ ओभरपछि कुशल र रोहित पौडेल लगातार बलमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। 

रोहित क्रेन्डन मभुताको एलबीडब्लु धरापमा ‘गोल्डेन डक’आउट भए। त्यसपछि दिपेन्द्र र विनोद भण्डारीले नेपाललाई जितसम्म पुर्‍याए। दीपेन्द्रले ४३ बलमा ६० रन जोडे। विनोद २६ बलमा २८ रन जोड्दै नटआउट रहे। र, २ सय १४ रन पछ्याइरहेको नेपाल १७ बलको खेल बाँकी छँदै ४ विकेट गुमाएर जितसम्म पुग्यो।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा क्रिकइन्फोका अनुसार एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति तत्का... आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य क्यानका अनुसार प्रतियोगिताको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्