• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

भ्रमणकारी जिम्बावे ‘ए’सँगको अभ्यास खेल : किशोर र कुशलले छोप्दिएको लाज

64x64
दीप सुवेदी मंगलबार, वैशाख २७, २०७९  ०९:०९
1140x725

काठमाडौं- वर्षाका कारण भिजेको आउटफिल्ड, पहिलोपल्ट टेस्ट राष्ट्रसँग फाइनल सरहको खेल खेल्नुको तनाव, अनि पाएको विशाल लक्ष्य। सबैखाले चर्को दबाबबीच भ्रमणकारी जिम्बावे ‘ए’लाई तीन एकदिवसीय अभ्यास खेलको अन्तिम दिन घरेलु टोली नेपालले ६ विकेटले पराजित गर्‍यो। र, सिरिज २–१ ले आफ्नो पोल्टामा पार्न सफल भयो।

सोमबारको खेल कुनै ‘ड्राम’भन्दा रोचक थिएन। यही खेलमा सिनियर टोलीमा पहिलोपल्ट डेब्यू गरेका दायाँहाते मध्यम तीव्र गतिका बलर किशोर महतोले ५ विकेट लिए। ओपनर कुशल भुर्तेलले पनि उनलाई साथ दिँदै सुनमा सुगन्ध थप्ने काम गरे। 

महत्त्वपूर्ण खेलमा चुक्ने गरेको नेपालका लागि यी दुई खेलाडीको प्रदर्शन सानदार थियो। यीनिहरुले आफ्नो स्तरअनुसारको प्रदर्शन नगर्दिएको भए नेपाललाई घरेलु मैदानमा लाज छोप्ने कुनै बाहना मिल्ने थिएन।

किशोरको सानदार प्रदर्शन
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले तादिवानाशे मारुमनीको सानदार अर्धशतको मद्दतमा निर्धारित ३३ ओभरमा सबै विकेट गुमाएर रन २१३ बनाएको थियो।

आइतबार रातिको वर्षका कारण आउटफिल्ड भिजेपछि खेल ५० बाट ३३ ओभरमा खेल झारिएको थियो। निर्धारित समयभन्दा ३ घण्टा ढिला सुरु भएको खेलमा किशोरले महत्त्वपूर्ण ५ विकेट लिए।

ब्याटिङमैत्री पिचमा उनले ७ ओभरमा ५ विकेट लिने क्रममा १ मेडनसहित ४३ रन खर्चिए। पहिलो ब्याटिङ गरेको जिम्बावेले ओपनर इनोसेन्ट कायालाई पाँचौ ओभरमा गुमाएको थियो। किशोरले पहिलो विकेट लिने क्रममा कायालाई आसिफ शेखको हातबाट १२ रनमा आउट गरेका थिए। तर, अर्का ओपनर टाडिवान्सेले मारुमानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेको स्कोर अघि बढाए। उनले ३१ बलमा ७ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए। 

मारुमानीको क्याच दुईपल्ट छाडिएको थियो, तर उनी ठ्याक्कै अर्धशतकमै रोकिए। उनलाई १०औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलबाट क्याच गराए। त्यसपछि लगातार विकेट खसेपनि जिम्बावेको रनको गति भने रोकिएन। किशोरको बलमा आउट हुनुअघि कुद्जाई माउन्जेले ३४ बलमा ३९ रन जोडे। 

सेफास झुवाओ १८ बलमा २ छक्कासहित १६ रनमा पेभेलियन फर्किए। २३औं ओभरमा किशोरको बलमा आउट हुँदा जिम्बावे १४३–५ को स्थितिमा पुगेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कप्तान टोनी मुन्योङगाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए। उनलाई पनि किशोरले नै कुशलबाट क्याच गराउँदै पेभेलियन पठाए। लुक जोंग्वेले अन्त्यतिर १५ बलमा १९ रन जोडेपछि जिम्बावेले २ सय रनको आँकडा पार गरेको थियो।

‘प्लेयर अफ द म्याच’ भएका किशोरले खेलपछि उनले प्रतिक्रिया दिँदै भने,‘पहिलो बलका बेला म केही आत्तिएको थिएँ, त्यसपछि केही पनि भएन। तर, मैले ५ विकेट हात पार्नेछु भनेर सोचेको थिइनँ। राम्रो खेल्छु भन्ने चाहिँ लागेको थियो।’ 

कुशल र दीपेन्द्रको खुलेको ब्याटिङ
ब्याटिङभन्दा बलियो बलिङ रहेको नेपाललाई यो विशाल लक्ष्य नै थियो। यसअघि ब्याटिङ नचल्दा पहिलो खेलमा १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको नेपालले जिम्बावेसँग ३ विकेटले पराजित भोगेको थियो। तर, दोस्रो खेलमा तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी कसिलो बलिङ गरेसँगै नेपालले ९ विकेटको जित हात पारेको थियो।

टेस्ट राष्ट्रसँग दुई दिन अगाडि सानदार जित हात पारेको नेपाल सिरिज रक्षा गर्ने लक्ष्यमै थियो। तर, सोमबार जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालका लागि कुनै पहाडभन्दा कम भने थिएन। त्यसैले ३३ ओभरमा नेपालले यो लक्ष्य सहजै भेटाउन सक्ने पनि कल्पना गरिएको थिइएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले जितको आधार खडा गरिदिए। दुई रनको स्थितिमा जीवनदान पाएका भुर्तेलले ६१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए। यस्तै, मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले ४३ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए। 

शुक्रबार भएको पहिलो खेलमा जिम्बावेसँग ३ विकेटले पराजित भएपछि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ब्याटिङ बलियो बनाउन भन्दै लामो समय नेपाली राष्ट्रिय टोलीमा नपरेका ओपनर सुनिल धमलालाई प्रयोगमा ल्याएका थिए। शनिबार भएको खेलमा ३८ रन बनाउँदै नेपालको जितमा महत्त्वपूर्ण योगदान गरे। उक्त खेलमा कुशलको जोडी आसिफ शेखलाई ३ नम्बरमा राखिएको थियो।

सोमबार पनि प्रशिक्षक पुबुदुले सो कार्ड प्रयोग गर्ने योजना बनाएका थिए। तर, असम्भवजस्तै लक्ष्य पाएपछि उनी पछाडि हटे र कुशल र आसिफलाई ओपनिङमै ल्याए। जुन सफल रह्यो।

आसिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ बनाए। उनी र कुशलबीच पहिलो विकेटको लागि ७३ रनको साझेदारी भएको थियो। सुनिल १८औं ओभरमा मात्र ६ रनमा आउट भए। त्यसको ३ ओभरपछि कुशल र रोहित पौडेल लगातार बलमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। 

रोहित क्रेन्डन मभुताको एलबीडब्लु धरापमा ‘गोल्डेन डक’आउट भए। त्यसपछि दिपेन्द्र र विनोद भण्डारीले नेपाललाई जितसम्म पुर्‍याए। दीपेन्द्रले ४३ बलमा ६० रन जोडे। विनोद २६ बलमा २८ रन जोड्दै नटआउट रहे। र, २ सय १४ रन पछ्याइरहेको नेपाल १७ बलको खेल बाँकी छँदै ४ विकेट गुमाएर जितसम्म पुग्यो।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्