काठमाडौं- बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि वैशाख ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ८ र ९ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।
आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिँशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिँशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।