१. वैशाख ३० गते चुनावका दिन सरकारले दियो सार्वजनिक बिदा, सार्वजनिक बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयागको सुझाव, मौन अवधिमा सन्देश पठाउन रोक्न दूरसञ्चार प्राधिकरणलाई आग्रह। (निर्वाचन आयागको आग्रह)
२. बागीलाई पार्टीले नछोड्ने भन्दै अहिले नै उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आग्रह, नत्र पार्टीमा ठाउँ नहुने चेतावनी, केन्द्रबाट पत्र पठाउने उल्लेख । (प्रधानमन्त्री देउवाको आग्रह)
३. १५ वर्ष एमालेको रस चुसेकाले अब एमाले सक्न खोजेको माधव नेपाल लक्षित एमाले अध्यक्ष ओलीको टिप्पणी, झाडीमा जन्मिएको गठबन्धनलाई जनताले साथ नदिने तर्क । (नेपाल लक्षित ओलीको टिप्पणी)
४. श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट दिए राजीनामा, प्रधानमन्त्री राजपक्षेले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएको उल्लेख। (श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा)
५. र, भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्धको अन्तिम तथा तेस्रो अभ्यास खेलमा नेपालको जित, जिम्बावे ६ विकेटले पराजित, एकदिवसीय अभ्यास खेलमा नेपाल २–१ ले विजयी। (जिम्बावे ‘ए’विरुद्ध नेपालको जित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।