काठमाडौं– वाणिज्य बैंकहरूमा निक्षेप संकलक (बचत) सामान्य बढेको छ। अघिल्लो हप्तासम्म घटिरहेको निक्षेप संकलन यो हप्ता सामान्य बढेको नेपाल बैंकर संघले जानकारी दिएको छ।
पछिल्लो साता वाणिज्य बैंकमा ५ अर्ब ८७ करोड रुपैयाँ निक्षेप बढेको छ। वैशाख १६ सम्म बैंकहरूमा ४३ खर्ब ६७ अर्ब रूपैयाँ रहेको बैंकहरुको निक्षेप संकनल वैशाख २३ गतेसम्म आउँदा ४३ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।
यता वाणिज्य बैंकहरूले कर्जा घटाउन थालेका छन्। वैशाख १६ सम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ९६ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा २३ गतेसम्म ३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।