काठमाडौं- सातको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ। साताको पहिलो कारोबार दिन पनि पुँजी बजार मापक नेप्से परिसूचक १७.९५ अंकले बृद्धि भएको थियो।
सोमबार पुँजी बजार मापक नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ। सोमबार सेयर बजारमा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो।
सोमबार १३ उपसूचक मध्ये होटल तथा पर्यटन समूह, विकास बैंक समूह, जीवन बीमा समूह र लगानी समूह बाहेकका सबै सूचक बढोत्तरी भएको छ ।
सोमबार विकास बैंक समुह ०.५३ प्रतिशतले घटेको छ। आइतबार कारोबारमा आएको १३ उपसूचकमध्ये बैकिङ्ग समूह र माइक्रो फाइनान्स समूह बाहेकका सबै सूचक सबै बढेको थियो।
सोमबार १३ उपसूचक मध्ये लघुवित्त समूहको १.३३ प्रतिशतले बृद्धि भएको छ। सोमबार नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर किनबेच भएका छन्।
सोमबार ७ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र नबिल बैंक परेका छन्। सोमबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।