काठमाडौं– काठमाडौंको सुन्धारास्थित सीटीसी मल लिलाम बिक्रीका लागि कर्मचारी सञ्चय कोषले सूचना निकालेको छ।
विवादित व्यवसायी इच्छाराज तामाङसहितका व्यक्तिको शेयर स्वामित्व रहेको सिभिल इस्टेट्स प्रालिले कोषको ठूलो रकम नतिरेपछि सीटीसी मल लिलामीका लागि सूचना निकालिएको।
सञ्चय कोषले सोमबार सूचना जारी गर्दै ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल (कबल) लिलामी गर्ने जनाएको छ।
सोमबारदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।
सीटीसी मलमा व्यवसायी तामाङसहित केशवलाल श्रेष्ठ र प्रविण मुखियाको लगानी छ।
कोषले गत मंसिरमै तामाङसहित तीनै जनाको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।
कोषले ऋणको साँवा-ब्याज चुक्ता नगरेको भन्दै सिभिल इस्टेट्स प्रालि, त्यसका सञ्चालक तामाङ, उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको थियो।
सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोगमा तामाङलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।