काठमाडौं– जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने पक्का भएको छ।
एथलेटिक्स युकेले २१ वर्षीय नर्वेजियन युवा स्ट्राइकर हालाण्ड र सिटीबीच अनुबन्धको लागि सहमति बनेको जनाएको छ।
सिटीले यसै हप्ता हालाण्डलाई सार्वजनिक गर्ने एथलेटिक्स युकेले जनाएको छ। सिटीले हालाण्डसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ।
हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए। सिटीमा पछिल्लो समय स्ट्राइकरको कमी छ। हालाण्डको यो समरदेखि डर्टमण्डसँगको सम्झौता सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।