काठमाडौं- आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा पुनः सङ्कटकाल घोषणा गरिएको छ।
शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन्।
आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो।
सार्वजनिक सुरक्षा र जिउधनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ।
आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावतसमेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन सङ्कटकाल लगाउनु परेको उनको भनाइ छ।
सरकारले सङ्कटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।