ललितपुर–वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बुधबार पुल्चोकस्थित मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ। चार दिन पहिले रथारोहण गरिएको रथलाई तानेर बुधबार गाबहाल लगिएको हो।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा लिइने मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म गरी दुई महिनासम्म चल्छ। रथलाई गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जाउलाखेल पुर्याएर भोटो देखाइन्छ। मछिन्द्रनाथलाई बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।