काठमाडौं– वाणिज्य बैंकमा निक्षेप संकलन एक सातामा एक अर्ब रूपैयाँ बढ्दा कर्जा लगानी तीन अर्ब रूपैयाँले बढेको छ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वैशाख १६ गतेसम्म २७ वाणिज्य बैंकको कूल निक्षेप एक अर्ब रूपैयाँ बढेर ४३ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ।
गत साता (वैशाख ९ गते)सम्म बैंकहरूको निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रूपैयाँ थियो। यसैगरी, वैशाख १६ गतेसम्म बैंकहरूको कूल कर्जा लगानी तीन अर्ब रूपैयाँ बढेर ४१ अर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।