काठमाडौं– आगामी आर्थिक वर्ष २०७९/८० मा कर्जाको ब्याजदर बढ्ने संकेत गरेको छ। गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा सोचेको भन्दा कम कर्जाको ब्याजदर वृद्धि भएको र आगामी आर्थिक वर्षमा कर्जाको ब्याजदर बढ्ने बताएका हुन्।
गर्भनर अधिकारी भन्छन्, ‘चालु आर्थिक वर्षको पहिलो केही महिना कर्जाको वृद्धिदर उच्च भए पनि अहिले कर्जा लगानी कम हुँदा यस वर्ष मौद्रिक नीतिमा उल्लेख भए भन्दा पनि कम वृद्धि हुने देखिएको छ।’
बुधबार चार्टर एकाउण्टहरूको एक कार्यक्रममा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा कर्जाको वृद्धिदर १९ प्रतिशतभन्दा कम हुने बताए। चालु आवमा कर्जाको ब्याजदर वृद्धि १९ प्रतिशतसम्म हुने उनको अनुमान छ।
उनले भने ‘१९ प्रतिशत पुग्न अझै २ खर्ब कर्जा लगानी हुनुपर्छ त्यो अहिलेको अवस्थामा सम्भव छैन।’ उनका अनुसार अहिलेको परिस्थितिले ब्याजदर कोभिड–१९ अघिको भन्दा पनि माथि जान सक्ने छ।
अवस्था सहज नभए पोलिसी रेट अझै बढाउने संकेत उनले गरेका छन्। राष्ट्रै बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा पनि यस्तो दर बढाएको थियो। ‘ब्याजदर अझै बढ्नसक्छ। त्यसका लागि सबै तयार रहनुपर्छ’, अधिकारीले भने।
अहिले विश्वभरी नै मूल्यवृद्धि देखिएको छ। आयात गरिने सामानको मूल्य बढेका कारणले पनि समस्या भएको उनले बताए। वार्षिक मूल्यवृद्धि साढे ६ देखि ७ प्रतिशतकै हाराहारीमा बस्ने उनले बताए।
आयात र निर्यातमा ठूलो ग्याप मेन्टेन गर्न समस्या रहेको अधिकारीले बताए। ‘यो आजको मात्रै होइन भोलिको पनि समस्या हो। हामीले निर्यात बढाउने बेस बनाइरहेको छैनौं’, उनले भने। रेमिटेन्समा पनि धेरै निर्भर हुन नहुने उनले बताए।
‘बाहिर पठाएर रेमिटेन्स जति पाइरहेका छौं। त्यो सँधै सस्टेन्स हुँदैन। १०/११ अर्ब आउला तर त्यसले पुग्दैन। लामो समयमा यसले धान्दैन’ उनले भने।
देशको पैसा बाहिर जाँदा त्यसको असर अर्थतन्त्रमा देखिएको बताउँदै उनले आयात घटाउने उपायहरू खोज्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।