काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका आरोपीलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बनाएको टिप्पणी गरेको छ।
बुधबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगका सदस्य मिहिर ठाकुरले यस्तो टिप्पणी गरेका हुन्। मानव अधिकार उल्लघंनको आरोप लागेका धीरजप्रताप सिंहलाई सरकारले आईजीपी बनाएर राज्यसत्ताको दुरुपयोग गरेको उनको भनाइ छ।
ठाकुरले भने, ‘राज्यशक्ति, राज्यको तर्फमा रहेका प्रधानमन्त्री, गृहमन्त्री र यो सरकारले मानव अधिकारको उल्लंघनको आरोप लागेका व्यक्तिलाई आईजीपी बनाएको छ।’
कुनै समय पूर्वआईजीपी कुवेरसिंह राणाविरुद्ध पनि आरोप लागेको उनले बताए। २०६५ सालमा राणाविरुद्ध आरोप लागेको उनको भनाए छ। त्यसबेला तत्कालीन अध्यक्ष केदारनाथ उपाध्याय नेतृत्वको आयोगले सरकारलाई सर्तक गराएको थियो।
ठाकुरले भने, ‘हामी अहिले अनुसन्धान गर्दैछौं। फाइलहरु हेरिराखेका छौं। यस्ता व्यक्तिलाई आईजी बनाउन एक किसिमको राज्यसत्ताको दुरुपयोग हो। यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरि केही न केही गम्भीर मानव अधिकारको पाटो पनि हेर्नुपर्छ। यहाँहरु सबैलाई त्यसमा थप अनुसन्धान गर्न म आह्वान पनि गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।