• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बुटवल उपमहानगर : एमालेको गढ भत्काउन सफल होला गठबन्धन?

64x64
युवराज भट्टराई बिहीबार, वैशाख २२, २०७९  १०:०९
1140x725

काठमाडौं– लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुँदा पनि एमालेका उम्मेदवारसँग पराजय भोग्नु परेको थियो। 

उक्त निर्वाचनमा गठबन्धनको तर्फबाट खेल राज पाण्डेय उम्मेदवार रहेका थिए भने नेकपा एमालेका तर्फबाट शिवराज सुवेदी चुनावी मैदानमा थिए। 

सुवेदीले २३ हजार २४९ भोट पाए भने गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पाण्डेयले २० हजार ८५१ भोट पाएका थिए। यसपटक पनि चुनावी मैदानमा गठबन्धन (कांग्रेस र माओवादी)का तर्फबाट कांग्रेसका उम्मेदवार खेल राज पाण्डेय नै उठेका छन्।  

अघिल्लो स्थानीय तहको चुनावमा पराजय भोगेका पाण्डेयले यो पटक भने एमालेका तर्फबाट प्रमुख पदमा उठाइएका बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।

बुटवल उपमहानगरपालिकामा २०७४ मा ६६ हजार ६६३ जना मतदाता थिए। अहिले त्यो संख्या ९० हजार ६५ पुगेको छ। मतदाताको संख्यामा नयाँ थपिएका मतदाताहरु २३ हजार ३७२ रहेका छन्। कुल मतदातामध्ये थपिएका २५.९५ प्रतिशत नयाँ मतदाताहरुको भोट कुन उम्मेदवार र पार्टीलाई जान्छ भन्नेले यसपटक बुटवलको मेयर विजय हुनमा भूमिका खेल्ने देखिन्छ।

बुटवलमा अघिल्लो स्थानीय तहको चुनावमा ४९ हजार ८९२ मत खसेको थियो, जुन कुल मतदाताको ७४.८४ प्रतिशत मत हो। यसमध्ये एक प्रतिशत मत बदर भएको थियो। सोही संख्यालाई आधार मान्दा यसपटकको चुनावमा ६७ हजार ४०० हराहारी भोट खस्ने देखिएको छ।

यसपटक खस्ने भोटमा एमाले र गठबन्धनका तर्फबाट कांग्रेसले उठाएको उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ। भोट अन्य उम्मेदवारमा बाँडिए पनि मुख्य गरि कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र एमालेका उम्मेदवार बाबुराम भट्टराईबीचको प्रतिस्पर्धा भने मुख्य रहेको छ।

दोस्रो पटक स्थानीय तहको चुनावमा उठिरहेका पाण्डेय र एमाले उम्मेदवार भट्टराईबीचको प्रतिस्पर्धाले बुटवल उपमहानगरको निर्वाचन रोचक हुने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो थियो २०७४ को मत परिणाम
बुटवलमा २०७४ को स्थानीय तहको चुनावमा कुल मतदाता ६६ हजार ६६३ जना थिए। तीमध्ये ७४. ८४ प्रतिशत मत खसेको थियो। ४९ हजार ८९२ मत खसेकोमा विभिन्न पार्टीदेखि स्वतन्त्र रुपमा प्रमुख पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुमा मत बाँढिएको थियो।

संख्यात्मक रुपमा धेरै मत ल्याउनेमा एमालेका उम्मेदवार सुवेदी र गठबन्धनका तर्फबाट उठाइएका पाण्डेय नै थिए। त्यसबाहेक अन्यले भने सिमित संख्यामा मत पाएका थिए।

कुल १६ जनाले २०७४ मा प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए। यीमध्ये प्रमुख पार्टीबाट पाण्डेय र सुवेदी नै थिए। त्यसबाहेक मधेश जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट उठेका लोकनाथ पाण्डे, राष्ट्रिय जनमोर्चाका तर्फबाट ढुण्डिराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट टिका पौड्याल, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट जनक बहादुर थापा मगर र नेपाल मजदुर किसान पार्टीका तर्फबाट हरि सुन्दर बासी पनि प्रमुख पदका लागि उठेका थिए। यी बाहेक स्वतन्त्र उम्मेदवारका रुपमा ऋषिराम काफ्ले, गणेश बहादुर उचै, धिरेन तुलाधर, राज कुमार पोख्रेल, शिव नेपाल, शान्त वीर बज्राचार्य, सरोज गौतम र होम बहादुर बासी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

निर्वाचनमा एमाले उम्मेदवार शिव राज सुवेदीले सर्वाधिक मत २३ हजार २४९ ल्याएका थिए भने दोस्रो बनेका गठबन्धनतर्फका कांग्रेस उम्मेदवार खेल राज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए। १ हजारभन्दा धेरै मत ल्याउने अर्का उम्मेदवार जनक बहादुर थापा मगर थिए। राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले १ हजार १५१ मत ल्याएका थिए।

Xtrem

Xtrem

स्वतन्त्र उम्मेदवारतर्फ बुटवल उपमहानगरपालिकाको ४२१ भोट बाँढिएको थियो, जुन मत परिणाममा ठूलो प्रभाव पार्ने संख्या थिएन्। त्यसबाहेक राजनीतिक दलका तर्फबाट उठेका तीन जनाले ल्याएको मत बाहेक अन्यको कूल मत  ३८९ मात्रै थियो।

एमालेमा फेरिएको अनुहार, अग्निपरीक्षामा कांग्रेस उम्मेदवार
अघिल्लो स्थानीय तहको चुनावमा बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो। यो पटक पनि दुई पाटीले गठबन्धन गरेका छन् भने प्रमुखको उम्मेदवारको रुपमा खेल राज पाण्डेयलाई उठाइएको छ।

यता अघिल्लो पटक आफ्नो जीत सुनिश्चित गरेको एमालेले भने यसपटक बुटवलका लागि आफ्नो उम्मेदवार परिवर्तन गरेको छ। अघिल्लो पटक एमालेले शिव राज सुवेदीलाई उठाएको थियो। यसपटक उम्मेदवार परिवर्तन गर्दै एमालेले बाबुराम भट्टराईलाई प्रमुख पदको उम्मेदवारको रुपमा उठाएको छ।

एमालेले उठाएका भट्टराई पार्टीका पूर्व केन्द्रिय स्वास्थ्य विभाग सदस्य हुन्। औषधी व्यवसायको पृष्ठभूमिबाट आएका उनी बुटवल क्षेत्रका पुराना कार्यकर्ता, उद्योग व्यवसायी र युवा विद्यार्थी माझमा लोकप्रिय मानिन्छन्।

यता दोहोरिएका कांग्रेस उम्मेदवार पाण्डेयको पकड पनि बुटवलमा उल्लेखनिय छ। कांग्रेसको बुटवल नगरका सभापति समेत रहेका उनी अघिल्लो स्थानीय तहको चुनावमा २३ सय मतले पराजित भएका थिए। एमालेले २०५६ सालपछि स्थानीयदेखि संसदीय निर्वाचनमा पनि बुटवलमा जीत हासिल गरिरहेको छ। 

तर, यसपटक अवस्था फेरिएको छ। नेकपा एमाले विभाजित भएको छ भने कांग्रेसलगायत गठबन्धनको अवस्थामा सुधार आएको दाबी ती दलहरुको छ। यसले गर्दा एमालेको गढ बुटवलमा गठबन्धनको 'धावा' लाई चासोका साथ हेरिएको छ। तर, यसअघि माओवादीमा मत दिएकाहरु अहिले एमालेमा रहेकाले पार्टी विभाजनको असर नपर्ने एमाले नेताहरुको दाबी छ।

भोटको समीकरणमा राजनीतिक दल र परिवेशमा आएका यी परिवर्तनहरुले पनि असर गर्ने देखिन्छ। यो सबैको केन्द्रमा भने अघिल्लो पटक प्रमुख पदबाट पराजित भएका कांग्रेस उम्मेदवार खेल राज पाण्डेय देखिन्छन्। 

गत निर्वाचनमा पराजित भएका उम्मेदवार पाण्डेय यसपटक गठबन्धनकै बलमा जित हात पार्ने दाउमा छन्। उनलाई यसपटक जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पनि समर्थन छ।

मनोनयन दर्ताको क्रममा प्रमुख पदका लागि उम्मेदवारी दिएका जसपाका सुरज हितान र राजमोका कृष्ण प्रसाद पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।अन्तिम समयमा आएर गणबन्धनमा भएको सहमतिले पनि बुटवल उपमहानगरपालिकाको चुनावी परिणाममा फरक पार्ने आकलन गरिएको छ।

मेयर उम्मेदवार खेलराज पाण्डेय यसपटकको चुनावमा विगतको अवस्था नदोहोरिनेमा आफू विश्वस्त भएको बताउँछन्। नेपाल लाइभसँग उनले भने, ‘अहिले घरदैलो कार्यक्रममा पनि उहाँहरुले पहिले नै छान्नुपर्ने भन्नु भएको छ। यसपटक बुटवलबासीहरुको माया र स्नेहले पहिलेको जस्तो अवस्था हुँदैन भन्नेमा म विश्वस्त छु। गठबन्धनको समर्थन, जनताको माया र मतले बुटवलमा यसपटक पहिलेजस्तो हुने छैन।’

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्