• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
बुटवल उपमहानगर : एमालेको गढ भत्काउन सफल होला गठबन्धन?
64x64
युवराज भट्टराई बिहीबार, वैशाख २२, २०७९  १०:०९
1140x725

काठमाडौं– लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुँदा पनि एमालेका उम्मेदवारसँग पराजय भोग्नु परेको थियो। 

उक्त निर्वाचनमा गठबन्धनको तर्फबाट खेल राज पाण्डेय उम्मेदवार रहेका थिए भने नेकपा एमालेका तर्फबाट शिवराज सुवेदी चुनावी मैदानमा थिए। 

सुवेदीले २३ हजार २४९ भोट पाए भने गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पाण्डेयले २० हजार ८५१ भोट पाएका थिए। यसपटक पनि चुनावी मैदानमा गठबन्धन (कांग्रेस र माओवादी)का तर्फबाट कांग्रेसका उम्मेदवार खेल राज पाण्डेय नै उठेका छन्।  

अघिल्लो स्थानीय तहको चुनावमा पराजय भोगेका पाण्डेयले यो पटक भने एमालेका तर्फबाट प्रमुख पदमा उठाइएका बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।

बुटवल उपमहानगरपालिकामा २०७४ मा ६६ हजार ६६३ जना मतदाता थिए। अहिले त्यो संख्या ९० हजार ६५ पुगेको छ। मतदाताको संख्यामा नयाँ थपिएका मतदाताहरु २३ हजार ३७२ रहेका छन्। कुल मतदातामध्ये थपिएका २५.९५ प्रतिशत नयाँ मतदाताहरुको भोट कुन उम्मेदवार र पार्टीलाई जान्छ भन्नेले यसपटक बुटवलको मेयर विजय हुनमा भूमिका खेल्ने देखिन्छ।

बुटवलमा अघिल्लो स्थानीय तहको चुनावमा ४९ हजार ८९२ मत खसेको थियो, जुन कुल मतदाताको ७४.८४ प्रतिशत मत हो। यसमध्ये एक प्रतिशत मत बदर भएको थियो। सोही संख्यालाई आधार मान्दा यसपटकको चुनावमा ६७ हजार ४०० हराहारी भोट खस्ने देखिएको छ।

यसपटक खस्ने भोटमा एमाले र गठबन्धनका तर्फबाट कांग्रेसले उठाएको उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ। भोट अन्य उम्मेदवारमा बाँडिए पनि मुख्य गरि कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र एमालेका उम्मेदवार बाबुराम भट्टराईबीचको प्रतिस्पर्धा भने मुख्य रहेको छ।

दोस्रो पटक स्थानीय तहको चुनावमा उठिरहेका पाण्डेय र एमाले उम्मेदवार भट्टराईबीचको प्रतिस्पर्धाले बुटवल उपमहानगरको निर्वाचन रोचक हुने देखिएको छ। 

Ncell 2
Ncell 2

यस्तो थियो २०७४ को मत परिणाम
बुटवलमा २०७४ को स्थानीय तहको चुनावमा कुल मतदाता ६६ हजार ६६३ जना थिए। तीमध्ये ७४. ८४ प्रतिशत मत खसेको थियो। ४९ हजार ८९२ मत खसेकोमा विभिन्न पार्टीदेखि स्वतन्त्र रुपमा प्रमुख पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुमा मत बाँढिएको थियो।

संख्यात्मक रुपमा धेरै मत ल्याउनेमा एमालेका उम्मेदवार सुवेदी र गठबन्धनका तर्फबाट उठाइएका पाण्डेय नै थिए। त्यसबाहेक अन्यले भने सिमित संख्यामा मत पाएका थिए।

कुल १६ जनाले २०७४ मा प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए। यीमध्ये प्रमुख पार्टीबाट पाण्डेय र सुवेदी नै थिए। त्यसबाहेक मधेश जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट उठेका लोकनाथ पाण्डे, राष्ट्रिय जनमोर्चाका तर्फबाट ढुण्डिराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट टिका पौड्याल, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट जनक बहादुर थापा मगर र नेपाल मजदुर किसान पार्टीका तर्फबाट हरि सुन्दर बासी पनि प्रमुख पदका लागि उठेका थिए। यी बाहेक स्वतन्त्र उम्मेदवारका रुपमा ऋषिराम काफ्ले, गणेश बहादुर उचै, धिरेन तुलाधर, राज कुमार पोख्रेल, शिव नेपाल, शान्त वीर बज्राचार्य, सरोज गौतम र होम बहादुर बासी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

निर्वाचनमा एमाले उम्मेदवार शिव राज सुवेदीले सर्वाधिक मत २३ हजार २४९ ल्याएका थिए भने दोस्रो बनेका गठबन्धनतर्फका कांग्रेस उम्मेदवार खेल राज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए। १ हजारभन्दा धेरै मत ल्याउने अर्का उम्मेदवार जनक बहादुर थापा मगर थिए। राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट उम्मेदवार रहेका उनले १ हजार १५१ मत ल्याएका थिए।

स्वतन्त्र उम्मेदवारतर्फ बुटवल उपमहानगरपालिकाको ४२१ भोट बाँढिएको थियो, जुन मत परिणाममा ठूलो प्रभाव पार्ने संख्या थिएन्। त्यसबाहेक राजनीतिक दलका तर्फबाट उठेका तीन जनाले ल्याएको मत बाहेक अन्यको कूल मत  ३८९ मात्रै थियो।

एमालेमा फेरिएको अनुहार, अग्निपरीक्षामा कांग्रेस उम्मेदवार
अघिल्लो स्थानीय तहको चुनावमा बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो। यो पटक पनि दुई पाटीले गठबन्धन गरेका छन् भने प्रमुखको उम्मेदवारको रुपमा खेल राज पाण्डेयलाई उठाइएको छ।

यता अघिल्लो पटक आफ्नो जीत सुनिश्चित गरेको एमालेले भने यसपटक बुटवलका लागि आफ्नो उम्मेदवार परिवर्तन गरेको छ। अघिल्लो पटक एमालेले शिव राज सुवेदीलाई उठाएको थियो। यसपटक उम्मेदवार परिवर्तन गर्दै एमालेले बाबुराम भट्टराईलाई प्रमुख पदको उम्मेदवारको रुपमा उठाएको छ।

एमालेले उठाएका भट्टराई पार्टीका पूर्व केन्द्रिय स्वास्थ्य विभाग सदस्य हुन्। औषधी व्यवसायको पृष्ठभूमिबाट आएका उनी बुटवल क्षेत्रका पुराना कार्यकर्ता, उद्योग व्यवसायी र युवा विद्यार्थी माझमा लोकप्रिय मानिन्छन्।

यता दोहोरिएका कांग्रेस उम्मेदवार पाण्डेयको पकड पनि बुटवलमा उल्लेखनिय छ। कांग्रेसको बुटवल नगरका सभापति समेत रहेका उनी अघिल्लो स्थानीय तहको चुनावमा २३ सय मतले पराजित भएका थिए। एमालेले २०५६ सालपछि स्थानीयदेखि संसदीय निर्वाचनमा पनि बुटवलमा जीत हासिल गरिरहेको छ। 

तर, यसपटक अवस्था फेरिएको छ। नेकपा एमाले विभाजित भएको छ भने कांग्रेसलगायत गठबन्धनको अवस्थामा सुधार आएको दाबी ती दलहरुको छ। यसले गर्दा एमालेको गढ बुटवलमा गठबन्धनको 'धावा' लाई चासोका साथ हेरिएको छ। तर, यसअघि माओवादीमा मत दिएकाहरु अहिले एमालेमा रहेकाले पार्टी विभाजनको असर नपर्ने एमाले नेताहरुको दाबी छ।

भोटको समीकरणमा राजनीतिक दल र परिवेशमा आएका यी परिवर्तनहरुले पनि असर गर्ने देखिन्छ। यो सबैको केन्द्रमा भने अघिल्लो पटक प्रमुख पदबाट पराजित भएका कांग्रेस उम्मेदवार खेल राज पाण्डेय देखिन्छन्। 

गत निर्वाचनमा पराजित भएका उम्मेदवार पाण्डेय यसपटक गठबन्धनकै बलमा जित हात पार्ने दाउमा छन्। उनलाई यसपटक जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पनि समर्थन छ।

मनोनयन दर्ताको क्रममा प्रमुख पदका लागि उम्मेदवारी दिएका जसपाका सुरज हितान र राजमोका कृष्ण प्रसाद पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।अन्तिम समयमा आएर गणबन्धनमा भएको सहमतिले पनि बुटवल उपमहानगरपालिकाको चुनावी परिणाममा फरक पार्ने आकलन गरिएको छ।

मेयर उम्मेदवार खेलराज पाण्डेय यसपटकको चुनावमा विगतको अवस्था नदोहोरिनेमा आफू विश्वस्त भएको बताउँछन्। नेपाल लाइभसँग उनले भने, ‘अहिले घरदैलो कार्यक्रममा पनि उहाँहरुले पहिले नै छान्नुपर्ने भन्नु भएको छ। यसपटक बुटवलबासीहरुको माया र स्नेहले पहिलेको जस्तो अवस्था हुँदैन भन्नेमा म विश्वस्त छु। गठबन्धनको समर्थन, जनताको माया र मतले बुटवलमा यसपटक पहिलेजस्तो हुने छैन।’

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने आइतबार, असार २९, २०८२
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्