काठमाडौं– नेपाल एपीएफ क्लबले छैटौं आरबिबि/एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलामा मंगलबार जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपीएफले नेपाल आर्मीलाई २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा पराजित गर्यो । महिलामै एभरेष्ट क्लब, बुटवलले न्यु डायमन्ड एकेडेमीलाई २६–२४, १३–२५, २०–२५, २५–२१ र १५–१३ ले हरायो।
नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५ र १५–१३ तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११ र २५–२२ ले पन्छाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।