काठमाडौं– एनसेलले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ।
यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जीबी डेटाका साथै रिचार्जमा बोनसलगायत विभिन्न फाइदा लिन सक्छन्।
यो योजना वैशाख १६ देखि सञ्चालनमा आएको हो। एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन्।
करसहित रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युव र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्तासम्म) को फाइदा लिन सक्छन्।
यसका साथै ‘पहिलो सिम’ प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु. ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्। प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।