काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेकाे छ।युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफाेर्डलाई ३–० अन्तरले पराजित गरेकाे हाे।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज, क्रिस्टियानाे रोनाल्डो र राफेल भरानेले १/१ गोल गरे। खेलकाे नवौं मिनेटमा फर्नान्डेजले गाेल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत् गाेल गरी युनाइटेडकाे अग्रता दाेब्बर पारे। ७२औं मिनेटमा भरानेले गाेल गर्दै युनाइटेडलाई सानदार जित दिलाए।
खेलमा जित निकालेसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ। पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।