काठमाडौं– नेपाल सम्बत् ११४२ को मिस नेवाः नेपालको उपाधि सलिना महर्जनले जितेकी छिन्। काठमाडौंको चःमतीकी सलिनाले १६औं संस्करणको मिस नेवाःको उपाधि हात पारेकी हुन्।
नेप्लिज फेसन होमले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा भएको थियो। फाइनलमा १८ जना प्रतिस्पर्धिहरुले भाग लिएका थिए। उनीहरुमध्येबाट महर्जनले सबैलाई पछि पार्दै मिस नेवाःको उपाधि हात पारेकी हुन्।
उपाधि जितेसँगै सलिनाले एक लाख रुपैयाँ नगद जितेकी छन् भने क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन्।
प्रतियोगितामा ठमेलकी सविना बज्राचार्य फर्स्ट रनरअप र भक्तपुर थिमीकी सेलिना प्रजापति सेकेण्ड रनर अप भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।