काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवाप्रति अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दुई जना सिनियएर अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पन्छ्याएर जुनिएर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाइएकोप्रति विभिन्न दलका नेता/कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन्।
प्रहरीको आईजी बढुवा प्रकरणमा अभिनेता तथा निर्माता दीपराज गिरीले पनि व्यंग गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो व्यक्तिलाई आईजी बनाएको भन्दै देउवालाई व्यंग गरेका छन्।
गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, 'धन्न शेर बहादुर प्रधानमन्त्री भएछन्! प्रधानाध्यापक भएका भए सधैं थर्ड ब्वाईलाई फर्स्ट ब्वाई बनाइदिने रहेछन!'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।