काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।
आइतबार राति सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको हो। आर्सनलको जितमा रोब होल्डिङ र गाब्रियलले एक/एक गोल गरे। वेस्ट ह्यामका लागि जारोड बोवेनले एक गोल फर्काए।
खेलको ३८औं मिनेटमा होल्डीङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, ४५ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई बराबरीमा ल्याए। त्यसपछि खेलको ५४औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए।
जितसँगै आर्सनलले ३४ खेलमा ६३ अंक जोडेको छ। आर्सनल चौंथो स्थानमा रहेको छ। वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।