काठमाडौं– चेल्सी इङलिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग पराजित भएको छ। आइतबार सम्पन्न खेलमा चेल्सी एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे। उनले ४७औं मिनेटमा ग्रेको पासमा गोल गरेका हुन्। जितसँगै एभर्टनले ३३ खेलमा ३२ अंक जोडेको छ। एभर्टन १८औं स्थानमा रहेको छ।
चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। आइतबार राति नै सम्पन्न अर्को खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको छ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे। खेलको २२औं मिनेटमा गोल गर्दै कप्तान ह्यारी केनले टोटेनहमलाई सुरुआती अग्रता दिलाए। ६०औं मिनेटमा सनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
७९औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता ३-० को बनाए। त्यसपछि खेलको इन्जुरी समयमा लेस्टरका केलिचीले एक गोल फर्काए।
जितसँगै टोटेनहमले ३४ खेलमा ६१ अंक जोडेको छ। टोटेनहम चौंथो स्थानमा रहेको छ। लेस्टर ४२ अंक जोडेर ११औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।