काठमाडौं–नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार काँस्य जितेकी छन्। महिला एकल कातामा सरिताले काँस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन्।
अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए। प्रशिक्षक थारुका अनुसार सरिता ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता काँस्यमै सीमित भइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।