काठमाडौं– दिवाकर भट्टराईको निर्देशनमा बन्ने भनिएको फिल्म ‘हनीबनी’बाट अनमोल केसी र सारा सिर्पाइली बाहिरिएका छन्। फिल्मका निर्देशक भट्टराईले सामाजिक सञ्जालमार्फत फिल्मबाट मुख्य भूमिकामा रहेक अनमोल र सारा बाहिरिएको बताएका हुन्।
‘बाहिर सुन्दा अलिक नरमाइलो सुनिए पनि यो निर्णय राम्रो कुराको लागि नै हो,’ दिवाकरले लेखेका छन्, ‘यो विषयमा अपसी सहमतिमा नै हनी बनीबाट अलग हुन निर्णय गरेका हौं। यो चलचित्रको राम्रोको लागि हो, अन्य त्यस्तो केही नभएको आग्रह गर्दछु।’
अनमोल र सारासँग पहिले नै सम्झौता भइसकेको फिल्म केही दिनमै छायांकनमा जाँदै थियो। तर, अहिले भने मुख्य दुई कलाकारले नै फिल्मबाट हात झिकेपछि छायांकन सर्नसक्ने जोखिम देखिएको छ।
नेपाल र लण्डनमा छायांकन हुने बताइएको यो फिल्मको छायांकन केही दिनमै सुरु हुने बताइएको छ। पूर्वनिर्धारित मुख्य कलाकार फिल्मबाट बाहिरिएपछि अब नयाँ कलाकारलाई लिएर काम गर्ने निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।