काठमाडौं– गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ। खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ।
खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
खेलाडी सहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ।
बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने छ। नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।