काठमाडौं– स्पेनिस ला लिगाको अंक तालिकाको शीर्ष चारको दौडमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ।
सान मेमेसमा शनिबार राति भएको खेलमा एट्लेटिको घरेलु टोली एथलेटिको विल्वाओसँग २–० ले पराजित भएको हो।
विल्वाओको जितमा इनाकी विलियम्सले गोल गर्दा एक गोल उपहार पाएको थियो। खेलको आठौं मिनेटमा मारियो हर्मोसोको आत्मघाती गोलबाट विल्वाओले सुरुआती अग्रता लिएको थियो। खेलको ५६औं मिनेटमा इनाकी विलियम्सको पेनाल्टी गोलबाट गोल गर्दै खेल २–० ले जिताए।
यो हारसँगै एट्लेटिको ३४ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहेको छ। साथै दोस्रो स्थानको सेभियासँग अंक बराबरी गर्नबाट चुकेको छ।
दोस्रो स्थानको सेभियाको ६४ तथा एक खेल कम खेलेको बार्सिलोनाको ६३ अंक छ। विल्वाओ ५१ अंक जोडेर आठौं स्थानमा रहेको छ।
शनिबार राति नै भएको अर्को खेलमा स्पान्योलमाथि ४–० को फराकिलो जित निकाल्दै रियल मड्रिड यो सिजनको ला लिगाको च्याम्पियन बनेको छ। यस्तै, अर्को खेलमा भ्यालेन्सिया र लेभान्टेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।