काठमाडौं– नर्विच सिटी इङलिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ।
शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित हुँदै नर्विच रेलिगेशनमा परेको हो।
एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे। खेलको ४०औं मिनेटमा ओलीले गोल गर्दै अग्रता दिलाएका थिए।
त्यस्तै, दोस्रो हाफको इन्ज्युरी समयमा ड्यानीले गोल गर्दै २-० को सहज जित दिलाए।
जितसँगै एस्टन ४० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ।
नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ। अब नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।